डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस — OSNepal

डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

LC (KTM) July 23, 2024 0

काठमाडौँ- नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।गृह मन्त्रालय बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । एआइजीमा बढुवाका लागि सिफारिस भएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर