बेलायतमा मिलन अमात्यसँगको अन्तरवार्ता



चर्चित गीत गाला रात्तै गायिका मिलन अमात्य नेवार यति बेला बेलायत सांस्वकृतिक भ्रमणमा व्यस्त छिन् । इ–मिडिया हब यूकेको निमन्त्रणामा दोस्रो पटक बेलायत आएकी गायिका अमात्यले बेलायतको आधा दर्जन शहरमा आफ्नो प्रस्तुती दिइसकेकी छिन् । आधा दर्जन जती कार्यक्रमहरु अझै लाइन अपमै रहेकाले पनि गायिका मिलन ब्यस्त रहेको देखाउँछ ।
साँगीतिक कार्यक्रम बाहेक गायिका मिलन अमात्यले ईनास यूकेले आयोजना गरेको यूरोप स्तरीय गायन तथा नृत्य प्रतियोगिताको अडिसनमा निर्णायकको जिम्मेवारी पनि निभाउन भ्याएकी छिन् ।
साथै बेलायत बसाई क्रममा ‘म्युजिक मिट्स सोल’ सँगीतले हृदय छुन्छ भन्ने उनको पहिलो एल्बम ‘मिलन’ को स्लोगन रातो ट्रेबल क्लेफ माथि खोपेर धेरै पहिले देखिको ट्याटु खोपाउने चाहना पूरा गरेकी छिन् ।
सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी अमात्यले एक सय भन्दा बढी चलचित्रमा स्वर दिइसकेकी छिन् । गाला रात्तै, स्लोली स्लोली लगायत दर्जनांै गीत हिट छन् । हाल चौथो एल्बम मिलन २ को तयारीमा रहेको उनले बताइन् ।

 

Comment