सम्पतिको लागि बृद्ध आमालाइ आफन्तलेनै तड्पाएर मार्यो, मलाई नमार दराजको चाबी दिन्छु भन्दा पनि छोडेन (भिडियो सहित) — OSNepal

सम्पतिको लागि बृद्ध आमालाइ आफन्तलेनै तड्पाएर मार्यो, मलाई नमार दराजको चाबी दिन्छु भन्दा पनि छोडेन (भिडियो सहित)

LC (KTM) May 16, 2021 0

सुनसरी । धरान १५ मा मानिसको मृत्यु हुने गरी आक्रमण गरी चोरीमा संलग्न तीन जनालाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।वैशाख ११ गते बिहान ९ः१५ बजे झरना विश्वकर्मा र उनको छोरा जोहन विश्वकर्मा पूजा गर्नको बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी आमा गोविन्द माया विश्वकर्मालाई टाउको लगायत शरीरका विभिन्न भागमा धारिलो चिज हतियारले प्रहार गरी गम्भीर घाइते बनाई नगद २ लाख सहित लगाएका र घरमा रहेका नौगेडी, चुरा, सिक्री, जन्तर लगायत गरगहना गरी जम्मा ११ लाख चालिस हजार नौ सय पचास बराबरको धनमाल चोरी गरेका थिए।

घाइते भएकी गोविन्द माया विश्वकर्मालाई उपचारका लागी लागी न्युरो अस्पताल विराटनगरमा पठाइएकोमा उपचारको क्रममा वैशाख १९ गते १२:०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।पीडितले दिएको जाहेरीका आधार स्थानीय मानिसको सूचनाको आधारमा सबै प्रकारका अनुसन्धान पद्धतिको अवलम्बन गरी जाहेरीमा उल्लेख गरिएका समान सहित घटनामा संलग्न मोरङ पथरी ३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने सन्तोष भन्ने ३८ वर्षीय वीरबहादुर परियार, मोरङ पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाइन बस्ने ३५ वर्षीय सोनी राई र धरान १३,अमरहाट बस्ने २९ वर्षीय लक्ष्मी लिम्बुलाई धरान प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा जारी प्रेस रिलिजमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर