ब्लड क्यान्सर पिडित बालिका दिप्तीलाई सात लाख सहयोग — OSNepal

ब्लड क्यान्सर पिडित बालिका दिप्तीलाई सात लाख सहयोग

LC (KTM) August 02, 2021 0

सचिन रानाभाट/ लेखनाथ, साउन १७ – ब्लड क्यान्सर पिडित पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटा बचाउ अभियानले आइतबार उनका अभिभावकलाई ७ लाख ३७ हजार ९ सय ७ रुपैयाँ हस्तान्तरण गरेको छ । संकलित रकम सिलिङे कृषि सहकारी संस्थाका अध्यक्ष शैलेन्द्र मोहन भट्टराई, सामाजिक अभियन्ता राम रानाभाट, सामाजिक व्यक्तित्व ठाकुर प्रसाद रानाभाट तथा संचारकर्मीको रोहवरमा पिडित बालिकाका बुवा देव बहादुर सापकोटालाई हस्तान्तरण गरेका हुन ।

पश्चिमान्चल क्षेत्रीय अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाको बिशेष आग्रहमा युवा समाजसेवी राम रानाभाटले संचालन गरेको दिप्ती बचाउ अभियान लाई आत्मसात गर्दै सिलिङे सहकारीका व्यबस्थापक समेत रहेका बिकास रानाभाटले स्वस्फूर्त अभियान संचालन गरेका थिए। सामाजिक संजालमा फन्ड रेईजर संचालन गरेर अस्ट्रेलिया बाट बिबेक रानाभाट तथा अमेरिका बाट ईन्द्र र चन्द्र रानाभाटको सहयोगमा ५ लाख ३७ हजार ९ सय ७ रुपैयाँ आर्थिक संकलन गरेका हुन्।

त्यस्तै अभियन्ता राम रानाभाटले आफुले संकलन गरेको रकम मध्ये रु २ लाखको चेक पनि पीडित सापकोटालाई हस्तान्तरण गरेका हुन्। उनले यस अघि अस्पतालमै पुगेर डा बास्तोलाको रोहवरमा रु २ लाख १ हजार ६० रुपैयाँ हस्तान्तरण गरेका थिए। अभियानमा देश तथा विदेशमा रहेका विभिन्न मनकारी व्यक्तिहरुले सहयोग गरेका छन्। हाल दिप्तीलाई कान्ति बाल अस्पताल काठमाण्डौंमा उपचार गराईरहेको र स्वास्थ्य सुधारोन्मुख रहेको पीडित सापकोटाले बताए। रकम हस्तान्तरण गर्दै अभियन्ता दोय रानाभाटले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्य मै खर्चन अभिभावकलाई सुझाव दिएका छन् ।

डा. वास्तोलाका अनुसार दिप्तिको समयमै उपचार गरेमा निको हुने अवस्था ६० प्रतिशत भन्दा माथि रहेको छ । उनले भने बच्चालाई ए.एल.एलए क्यूट लिम्फोसाइटीक ल्यूकेमिया (ब्लड क्यान्सर भएको हो उनलाई किमोथेरापीबाट उपचार अघि बढाउन लगाईनेछ ।

असार १ गते देखी क्षेत्रिय अस्पतालको बच्चा वार्डमा उपचार गराईरहेकी बालिकाको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा सहयोग गर्न भन्दै डा. बास्तोलाले पनि सम्पर्कमा रहेका केही साथीहरुलाई म्यासेन्जर मार्फत र केही अनलाईनले समाचार प्रकाशन गरेपछि अभियान शुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर