ओली र नेपालले बनाएको कार्यदलमा नेम्वाङ देखि रावलसम्म (सुचीसहित) — OSNepal

ओली र नेपालले बनाएको कार्यदलमा नेम्वाङ देखि रावलसम्म (सुचीसहित)

LC (KTM) May 16, 2021 0

काठमाडौं २ जेठ । नेकपा (एमाले) लाई २०७५ जेठ २ गतेको अवस्थामा लान १० सदस्यीय कार्यदलको गठन भएको छ । आज पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधव नेपालबिच सिंहदरबारमा भएको भेटवार्तामा कार्यदल गठन भएको हो ।

कार्यदलमा छनोट भएका दुर्व पक्षका नेताहरुले आ आफ्नो प्रतिवेदन प्रस्तुत् गर्न तिन दिनको समय दिइएको छ । त्यसपछि पार्टीको विवादको विषयमा छलपल हुने बताइएको छ ।

ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा:
विष्णु पौडेल
प्रदीप ज्ञवाली
शंकर पोखरेल र
विष्णु रिमाल ।

नेपालको तर्फबाट डा. भीम रावलको नेतृत्वमा :
घनश्याम भुसाल
सुरेन्द्र पाण्डे
रघुजी पन्त र
गोकर्ण विष्ट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर