नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास — OSNepal

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

LC (KTM) August 03, 2021 0

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अब अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने भएका छन् । करिब २० वर्ष नेपाली राष्ट्रिय टोलीबाट क्रिकेट खेल्दै आएका चर्चित क्रिकेटर खड्काले २ दशकपछि आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअर अन्त्यको घोषणा गरेका हुन् ।

उनले सन् २००२ देखि नेपाली राष्ट्रिय टोलीका लागि खेल्न सुरु गरेका हुन् । यसअघि नै कप्तानका रुपबाट राजीनामा दिएता पनि उनले अन्तराष्ट्रिय क्रिकेट भने खेल्दै आएका थिए । यही बिचमा चर्चित क्रिकेटर खड्काले सन्यासको घोषणा गर्दै अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको घोषणा गरेका छन् ।

उनले सामाजिक संजालमा अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरा सपना भने अझै बामे सर्दैछन् भनेर लेखेका छन् । खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले डिभिजन ५ बाट अगाडि बढ्दै २०१४ मा टि–२० विश्वकप खेलेको थियो । पारसको कप्तानिमा विश्वकप खेल्दा नेपालले राम्रो चर्चा पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर