ओलीसँग वार्तामा बस्नुअघि माधवले किन भेटे प्रचण्डलाई ? — OSNepal

ओलीसँग वार्तामा बस्नुअघि माधवले किन भेटे प्रचण्डलाई ?

LC (KTM) August 03, 2021 0

काठमाडौं । नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार आज अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने भएको छ । यद्यपी समय र स्थान भने टुंगो लाइसकेको छैन् ।नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओली वार्ता हुनु अघि प्रचण्ड र  नेपालबिच भेट वार्ता भएको हो ।

कोटेश्वरको एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुगेका थिए । भेटमा मसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा छलफल भएको बताइएको छ ।

सत्तारुढ गठबन्धले भने एमालेको नेपाल पक्षालाई पनि सरकारमा सहभागी गराउने प्रयास गर्दै आएको छ भने सोमबार एमालेको नेपाल समूहले पार्टी तत्कालमा देउवा सरकारमा सहभागी नहुने र पार्टी एकता नै गर्न पहल गर्ने निर्णय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर