३ साताअघि न्युजिल्याण्ड गएका पोखराका आशिकले गरे झुन्डिएर आत्महत्या



काठमाडौँ – न्युजिल्याण्डको अकल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ । पोखरा घर भई हाल न्युजिल्याण्डको अकल्याण्डमा बस्दै आएका २५ बर्षिय आशिक परियारको मृत्यु भएको हो ।

अध्ययनका क्रममा सोही स्थानमा रहेकी आफ्नी श्रीमती भेट्न करिब ३ साताअघि गएका उनी
झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।

मृतक परियारको शवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक विवरण अनुसार उनले आत्महत्या गरेको बताइएको छ ।राजदुत लक्की शेर्पाले घटना दुखद भएको बताउँदै दुतावासको तर्फबाट गर्नसक्ने सबै सहयोगका लागि आफुहरु तयार रहेको र सहयोग पुर्‍इरहेको बताएकी छन् ।

Comment