कोरोना यो तहमा वृद्धि हुन सक्दैन भन्ने लागेको थियो, मेरो सोचाई गलत सावित भइदियो - ओली — OSNepal

कोरोना यो तहमा वृद्धि हुन सक्दैन भन्ने लागेको थियो, मेरो सोचाई गलत सावित भइदियो – ओली

LC (KTM) May 16, 2021 0

बेसारपानी खाने हो कोरोना भगाउने हो भनेका ओलीले स्विकारे कोरोना कडा भएको, भने नेपालीको इम्युन सिस्टम स्ट्रोङ छ, यो तहमा संक्रमण वृद्धि हुँदैन भन्ने ठानेको थिएँ तर म गलत रहेछु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाले आजको अवस्था निम्त्याउला भनेर आँफुले कल्पना पनि नगरसेको बताउका छन् । शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालीहरुको इम्युन सिस्टम धेरै स्ट्रोङ भएको आँफुले ठानेका कारण आजको यस्तो विकराल अवस्था आउने कल्पना समेत नगरेको बताए ।

पहिलो वेभ भारत हुँदै नेपाल प्रवेश गर्दा बेसा पानीले कुल्ला गरे कोरोना त्यसै ठिक हुने भन्ने अभिब्यक्ति दिएपछि विबादमा तानिएका प्रम ओलीले दोस्रो वेभले अलिअलि सर्ला र अलीअली असर गर्ला तर यो तहमा वृद्धि हुन सक्दैन भन्ने आँफुले ठानेको भएता पनि नतिजा ठिक विपरित आएको बताए ।

सो अवसरमा बोल्दै प्रम ओलीले भने जति मान्छे रिभाइभ भएका छन्, त्यसमा पनि अवश्य पनि इम्युन सिस्टमको भूमिका हुने कुरामा उनले जोड दिए । प्रम ओलीले नेपालमा कोरोना महामारी भित्रिएको बेला गत वर्ष प्रधानमन्त्री पालीहरुको रोग प्रतिरोधी क्षमता असाधारण रहेको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर