पेस्तोल र गोली सहित १९ वर्षीय राजासहित २ जना पक्राउ — OSNepal

पेस्तोल र गोली सहित १९ वर्षीय राजासहित २ जना पक्राउ

LC (KTM) August 03, 2021 0

दाङ १९ साउन । गढवा गाउँपालिका-१ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन र २ थान गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी-३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी-८ बस्ने १९ वर्षीय राजा खान रहेका छन् ।

पैदल आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त हतियार सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर