महराले लिए राष्ट्रपतिबाट सभामुखको शपथ



काठमाडौं, २७ फागुन । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले राष्ट्रपति समक्ष सभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा महराले सभामुख पथको शपथ लिएका हुन् ।महराको शफत कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

महरा शनिबार सभामुखमा निर्विरोध भएका थिए । उनलाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गरेको थियो ।

Comment