फौजी शक्तिका हिसाबले नेपाल ९७ औं स्थानमा, अमेरिका पहिलो



काठमाडौं : फौजी शक्तिका हिसाबले नेपाल ९७ औं स्थानमा परेको छ ।

विश्वको आधुनिक बल र फौजी शक्तिबारे विश्लेषण गर्ने सोध संस्था ‘ग्लोबल फायर पावर‘ले २०१७ को फौजी शक्तिका हिसावले १३३ देशको सूची जारी गरेको हो । जसमा नेपाल ९७ औं स्थानमा परेको हो ।

अमेरिका पहिलो नम्बरमा परेको छ । अमेरिकापछि रुस दोश्रो, चीन तेश्रो र भारत चौथो स्थानमा छन् । फ्रान्स र बेलायत भारतभन्दा पनि पछि छन् । भुटान पुछारमा छ ।

यसमा परम्परागत युद्ध हतियार र उपकरणको मात्र विश्लेषण गरिएको संस्थाले जनाएको छ ।

हेर्नुहोस् कुन देश कति नम्बरमा परे

Comment