सिंहदरबार कै छेउमामा जातिय भेदभाव,गणतन्त्र नाम मै सिमित हो त?



-लक्ष्मण रसाइली /पत्रकार ,जाजरकोट

देश नयाँ र आमूल परिबर्तन भएको कुरा बारम्बार सुनिन्छ्न र सुनेको र सुन्ने पनि गर्दछौ तर गरिब,दलित,असहाय ,अपांगका पीडा भने अझै जस्ताका त्यस्तै छ्न। नेपालमा २०औं शताब्दी देखि कति राजा कति प्रधानमन्त्री देश परिबर्तनको नारा फुक्दै आए,अनि देशभर गणतन्त्रका नारा घन्किदै आए तर खोइ कहाबाट आयो गणतन्त्र थाहै भएन।

दिन प्रतिदिन मान्छेहरु जातिय भेदभाव
का सिकार बनिरहेका छन ,देशका हरेक कुना कान्धारामा आफ्नो पीडा सहेर पनि लाखौ मानबहरु जातिय बिभेदको सिकार भएर पनि जिएका छन ।त्यो पीडा त कुना को नै भयो तर
जहाँ सपनाको शहर मानिने राजधानी काठमाण्डौ भन्ने बितिकै लोकतान्त्रिक गणतन्त्रको थलो जस्तो सोच जान्छ,शिक्षित,नेता,डन देखि लिएर हरेक किसिमका मान्छेहरुको बसोबास छ।सोझो हिसाबले हेर्दा त आखिर शहर परिबर्तन झै लाग्छ तर यहाँ त्यसको ठिक बिपरित देखियो देखिन्छ पनि।

भर्खर मात्र जहाँ देश परिबर्तन गर्छौ भनेर जिम्मेवार बोकेका नेतृत्वको भेट मुलाकात तथा बसाइ हुने ठाउँ सिंहदरबार र सांसद भबनको छेउमा एक निजामती कर्मचारी दम्पतीबाट दुई जना पत्रकार जातिय भेदभावका सिकार बने।

काठमाण्डौ मा दलित बाहेक अन्य थरी भन्ने बितिकै जताततै कोठा मिल्ने बस्ने बाँस मिल्ने गर्दछ् तर थर बिक अथवा दलित भन्ने बितिकै भएको कोठा नपाइने तथा भएको कोठाबाट पनि निकालिन्छन, कारण के?यहि हो त एक्काइसौं शताब्दीको परिबर्तन,यहि हो त जातिय छुवाछुत मुक्त भएको?तर देश भने अझै पनि ब्राह्मण बादी सत्ताको सिकार बनेको छ।
लोकतान्त्रिक ,गणतान्त्रिक पद्दतीमा चल्न थाल्यो भन्ने सुनिन्छ त्यो के कुरा मै सिमित बनेको छ।संविधानमा हक अधिकार नाम मै सिमित अक्षर मै सिमित भएको हो त?आखिर अचम्म छ।मानव भएर मानव को जीवन बाच्न नपाउनु अनि देश कै नागरिक भएर मानबले मानबको व्यबहार नपाउनु?सानो पीडा हो त?

राजधानी जस्तो शहरमा पत्रकार ,सांसदले दलित भएकै कारण बस्ने बास नै नपाउनु कति निच सोचको समाज छ बुझौ त एकपटक कस्तो लाग्छ।

केही समय अघि मात्र दुई जना कृयाशिल पत्रकारहरुलाइ राजधानीमा दलित भन्दै कोठाबाट निकालियो।यो इमेज च्यानलमा आवद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँ स्थति घर मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिएको कोठा अरुलाई नै दिए।
कोठा भाडाको बैना आफूहरुले दिइसकेकोले बस्न पाउनु पर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डीएसपी र एसएसपी भएको बताउँदै उल्टै धम्की दिए।
उनिहरु पत्रकार थिए यो घटना बाहिरियो,यस्तै पिडा राजधानिमा थुप्रै छ्न।कयौंले जात नै ढाटेर बस्न बाध्य छ्न।किन कि अमुल्य आफ्ना सपना बोकेर राजधानी पसेका जातियता कै कारण छोडनु पर्यो भने सपना लक्ष्य सबै सकिने डरले पनि ढाटनु पर्ने बाध्यता हो।

के दलित निधारमा लेखिएको हुन्छ त?आखिर देख्दा सबै उस्तै देखिन्छ्न,यदि दलित भनेर कुनै निशाना भए त राजधानीमा संख्या पनि पत्ता लाग्थ्यो होला।यदि यो घटिया समाजले फरक नजरले हेरे त दलित निधारमा लेखाउनु पर्ने।राजधानी जस्तो शहरमा रास्टको चौथो अंग पत्रकार ,त्यस्तै जनप्रतिनिधिलाई जुन निच व्यवहार गरिएको छ।जुन सन्चार माध्यम र सरोकार वालाको केही भाग आँखा खुलेको छ तर त्यही घटना त्यही पीडा देशको कुनै कुनाको नागरिकले भोग्दै गरेको भए कस्तो होला?एक पटक गहन भएर सोचौ त?जुन राजधानीमा भएको पिडालाइ दलित जातीय छुवाछुत तथा कशुर सजाय ऐन २०६८ अनुसार कारबाहीको भयो र सम्भब पनि छ तर त्यही पिडाले रुमलिएका कुनै कुनामा जातिय सिकार बनेका नागरिक पीडा भने कहिल्यै मलम बनेन।तथापी लोकतन्त्र र गणतन्त्र नाम मै सिमित बनेको छ।

Comment