राधा तिम्रो नाममा, तिमिमाथी भएको आक्रमणले समग्र नेपालीको मन रोएको छ । धेरै राधाहरुको नाममा समर्पित



भोलेबाबा उपनामका रामबहादुर चौधरी

संघियतामा गएपछी पहिलोपटक सातै प्रदेशमा १ सय ८ औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरि देशैभर मनाइयो । १ सय ८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देशैभर महिला समाजसेवी, महिला अधिकारकर्मी तथा महिलासंग सम्बन्धी बिभिन्न संघ संस्थाले गोष्ठी र अन्तर्क्रिया गर्दै प्रभातफेरी समेत निकालेर यो दिवस मनाए ।

पार्वती देवि बताउने किस्मती चौधरी

गोष्ठी र अन्तर्क्रियाको नाममा पाँचतारे होटेलमा बसेर एयर कन्डिस्नरको शितलतामा ठुला-ठुला कुरा भए । महिलाहिंशा, बलात्कार, छुवाछूत तथा बोक्सीको आरोप मात्र लगाएमा फौजदारी जघन्य अपराध हो भन्दै एनजीओ तथा आइएनजीओले स्थायी सरकार मानिने कर्मचारी प्रशासनका वरिष्ठ प्रशाशक, मेयर, सांसद लगायत मन्त्रीहरूलाई समेत बोलाएर पाँचतारे होटेलमा बसेर महिला हिंसा अन्त्य हुनु पर्ने धारणा राख्दै भाषण छाँठे तर बिडम्बना त्यही दिन एक अबोध महिलामाथी लगातार ७ घण्टा सम्म कुटपिट भयो ।

जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्ष

मरनासन्न हुने गरि तथाकथित भोलेबाबा उपनामका रामबहादुर चौधरी र आफुलाई पार्वती देवि बताउने किस्मती चौधरीले कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा विहीबार राधा चौधरीलाई लगातार – निरन्तर ७ घण्टासम्म बोक्सीको आरोप लगाउँदै कुटिन्छ, दानविय प्रवृति देखाउँदै कहिले ढाडमा त कहिले छाती-कोखा सरीरका हरेक अंग-प्रत्यंगमा प्रहार माथी प्रहार गरिन्छ तर रमिता हेर्ने रमितेहरु राधा चौधरीलाई जतिपटक प्रहार हुन्छ थपडी बजाएर भोलेबाबा भनेर चिनिने दानव रामबहादुर चौधरी र आफुलाई पार्वती देवि बताउने किस्मती चौधरीलाई उक्साउँछन । नारी दिवसको दिन भएको यो बीभत्स घटनाका आरोपित ब्यक्तीलाई छुटाउन स्वयम् मेयर साब पुग्छन र प्रहरीसंग मिलेर भोलेबाबालाई छुटाउँछन । एमालेका जिल्ला स्तरिय युवा नेता सिक्षित स्नातकोत्तर गरेका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी अँज एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत रहेका उनलेनै गएर प्रहरीलाई दबाब दिएर दानवलाई छुटाउँछन । के उनी एमालेको बुद्धिजीवी परिषदमा बस्न लायक छन अब? सिंहदरबारमा केन्द्रित एकात्मक अधिकार गाउँ-गाउँ, नगर-नगरमा प्रत्यायोजित होस भनेर स्थानिय निकायको चुनाव हुँदा कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका मेयर जस्तो गरिमामय पदमा आसिन ब्यक्ती अपराधी छुटाउन पुग्छन, के यसैकोलागी स्थानीय निकायको चुनाव गरेर करोडौँ रकम खर्च गरिएको हो त?

हो सबैलाई एउटै थैलोमा राखेर जोखना गर्न उपयुक्त नहोला तर यो घटनाले दिएको सन्देश यहि होकि स्थानिय जनप्रतिनिधिले समेत जघन्य अपराध गरेका छन । के अपराधिलाई छुटाउने र छोड्ने आफै अपराधी होइनन? मेयरसाबले एक प्रतिष्ठित राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्ता पढ्दा लाज लागेर आउँछ । जनता प्रती जवाफदेही हुनुपर्ने कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले जघन्य अपराध गरेका हुन । कानुन भन्दा माथि कोहि छैन, हो कानुन कार्यान्वयन गर्ने/गराउने निकायले कानुनलाई अस्त्रको रुपमा प्रयोग गरेकाछन र गरेको यो घटनाले प्रमाणित गर्छ । देश विकाशमा टेवा पुगोस र जनताको प्रतिनिधित्व जनप्रतिनिधि मार्फत होस र न्याय, सुशासन तथा नगरको विकास होस भनेर स्थानिय निकायको चुनाव भयो । करोडौं नागरिकले तिरेको कर, बिदेश गएर अर्काको देशमा पसिना बगाएर पठाएको रेमिट्यान्सले धानिएको देशको विकाश होस, स्थनिय निकायमा जनताको पहुँच होस भन्ने धेय र उदेश्य बोकेर चुनाव गराएर पठाइएका मेयर साब त अपराधिको संरक्षण गर्नतिर लागेपछी कसरी आउँछ मुलुकमा सुशासन? सम्माननिय प्रधानमन्त्रीज्युको समेत गम्भीर ध्यानाकर्षण भैसकेको छ भने पिडित महिलाको उपचारको जिम्मा सरकारले लिएको छ । जिल्ला प्रसाशन कार्यालयलाई कडा निर्देशन सहित जोसुकै भएपनी कारबाही गर्न भनिएको छ जस्को परिणाम स्वरुप ‘बोक्सी’को आरोपमा कुटपिट गर्नेहरुलाई छाडेको भन्दै सुख्खड इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश विष्ट निलम्बनमा परेका छन् ।

प्रदेश प्रहरी कार्यालयले सई विष्टलाई निलम्बन गर्न सिफारिस गरेको हो । उनलाई कारवाही गरी हेडक्वार्टरलाई जानकारी गराइएको प्रदेश प्रहरी प्रमुख एआईजी माधवप्रसाद नेपालले ओएस नेपाललाई जानकारी दिएका छन । यो जघन्य घटना सार्वजनिक भएपछी सारा नेपालीको मन दुखेको छ । यो त मिडियामा भिडियो सहित आएको प्रतिनिधि घटना मात्र हो सायद अहिलेपनि बोक्सीको आरोपमा कुटाई खाई रहेका राधा धेरै होलान । मेयरलाई बचाउने काम एमालेबाट नहोस । एमाले नेता भिम रावलले एमालेको जिल्ला कमिटी बैठक बसाउन कडा निर्देशन सहित छानबिन गर्न निर्देशन दिएका छन भने सम्मानिय प्रधानमन्त्री केपी ओलिको सचिवालयबाट बिज्ञपति जारी गर्दै मानवता बिरुद्दको अपराध भएको ठहर गर्दै नेपालको शिर झुकेको निष्कर्ष सहित आफ्नै पार्टिका जिल्ला नेता तथा मेयरलाई समेत छानबिन गर्न कडा निर्देशन दिएका छन । प्रहरीले पहिला मेयरसंग मिलेर अपराधी छोड्ने अनि मिडिया आएपछी यस्तो जघन्य अपराधमा केही सामान्य अपराध (के.स अपराध) अर्थात सार्वजनिक अपराधको मुद्दा चलायो । सार्वजनिक अपराधको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने गर्छन, करीब दुई हजार देखि माथीको जरिवाना गराएर उन्मुक्ति दिन यसो गरिएको थियो । वास्तवमा यो गन्भिर प्रकृतिको अपराध हो जस्मा ज्यान मार्ने उद्योग देखि बोक्सी आरोप, गाली गलौच सम्बन्धी संबिधानले सुनिश्चित गरेको कानुन बमोजिम कारबाही हुनुपर्छ । यसो भएमा पिडकलाई ५ देखि १० वर्षसम्मको जेल सजाय हुन्छ । धेरै राधाहरु हाम्रो देशमा छन।

उनिहरुको आवाज दबेर कतै कुनामा थन्किएको छ । आवाज बिहिनको आवाज भनेर मान्यता प्राप्त पत्रकारले यस्ता किसिमका घटनाको अनुसन्धान थाली आवाज बिहिनको आवाज बन्नुपर्छ र समाजमा यस्ता अपराधलाई प्रश्रय दिनु हुँदैन । अन्तिममा राधा तिमी अब एक्लि छैनौ सिंगो पत्रकारीता जगत, नेपाली नागरिक तिम्रो लागि कामना गरिरहेका छन । स्वास्थ्य लाभको कामना करोडौँ मनबाट भैरहेका छन । अब अर्को राधा हुन नदिन नेपाल सरकारको ध्यानाकर्षण होस । लाखौँ कामना राधा तिम्रा लागी । महिलाहरुको हकहितकालागी करोडौँ रकम पचाउने गैरसरकारी संस्था तथा अन्तरास्ट्रिय गैरसरकारी संस्थाहरु यति जघन्य अपराध हुँदा कहाँ लुकेर बसेका छन? महिला हकहितको नाम बेचेर बोलेरो-प्राडो चढ्नेहरु तँपाईहरु कहाँ हुनुहुन्छ? पुर्व-प्रधानमन्त्री शेर बहादुर देउवाकि श्रीमतीलाई पशुपतिनाथबाट फर्कँदा सामान्य ठक्कर दिँदा करीब ५० देखि १०० जना भन्दा बढी प्रहरी परिचालन गरेर अनुसन्धान गरिएको थियो तर राधामाथी आक्रमण गरिँदा प्रहरी र मेयर मिलेर अपराधीलाई जोगाउँंछन । यस्को यो मतलब होइनकी पुर्व-प्रधानमन्त्री शेर बहादुर देउवाकि श्रीमतीलाई ठक्कर दिने गाडिलाई खोजिनै गर्न हुन्न तर लेखकको यो मान्यता हो कि राधा र पुर्व-प्रधानमन्त्री शेरबहादुर देउवाकि श्रीमती आरजु देउवा राणा दुबै कानुन र संविधानको नजरमा बराबर होइनन र?संविधान र कानुन सबैलाई बराबर लागू हुनुपर्छ । तसर्थ राधामाथी भएको बीभत्स आक्रमण घोर मानवता बिरुद्दको अपराध हो । यस घटनामा संलग्न ब्यक्तिहरुलाई कानुनको दाएरामा ल्याएर उदाहरण पेश गर्न यदि यो सरकार सफल हुन्छ भने प्रत्यक नेपालीको मन जित्नपनी यो सरकार सफल हुनेछ र सम्माननिय प्रधानमन्त्रीज्युको उचाई अँजै माथी उठ्नेछ ।

सन्दिप योगी

लेखक ओएस नेपालका ५ नंबर प्रदेशका ब्यूरो चिफ हुन ।

Comment