यसकारण विवेकशील साझा पार्टीले गर्यो राष्ट्रपति निर्वाचन बहिष्कार



काठमाडौं, २९ फागुन । रविन्द्र मिश्र नेतृत्वका विवेकशील साझा पार्टी नेपालले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

राष्ट्रपतिका उमेदवारहरू दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून भएको भन्दै विवेकशील साझाले निर्वाचनमा भाग नलिने निर्णय गरेको बताइएको छ ।

कांग्रेसकी कुमारी लक्ष्मी राई र एमालेकी विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचनमा भाग लिएका छन् ।
प्रदेश सभामा विवेकशील साझा पार्टीका रमेश पौडेल, विराजभक्त श्रेष्ठ र शोभा शाक्य सदस्य छन् । उनीहरू तीनैजना प्रदेश ३ का हुन् ।

Comment