मृत्यु हुने बेलामा मानिस र पशुको दिमागको व्यवहार एउटै..



एजेन्सी : मृत्यु हुने समयमा मानिस र पशुको दिमाग एउटै गतिमा चल्ने तथ्य सार्वजनिक भएको छ । पशु वा मानिस मृत्युको मुखमा पुग्दाको समयमा मानिस र पशुको दिमाग एकै हिसावले चल्ने गरेको पाइएको एक अनुसन्धानले सार्वजनिक गरेको छ ।

बर्लिनको चेरिट युनिभर्सिटी र आहायोको सिनसिनाटी युनिभर्सिटीका वैज्ञानिक जेन्स दे्रयरको अगुवाईमा मानिसले मृत्युपछि के सोच्छन् भन्ने बारेमा भएको अध्ययनले यस्तो निष्कर्ष दिएको हो ।

अध्ययनको क्रममा वैज्ञानिकले केही विरामीको बानी र व्यवहारको लामोसमयको निगरानीपछि यस्तो तथ्य सर्वजनिक भएको हो ।

यसको लागि विरामीका परिवारको पुर्वअनुमति लिइएको थियो । यसमा सडक दुर्घटनामा परि घाइते भएका वा हृदयघात भएका व्यक्तिलाई अध्यनमा राखिएको थियो ।

Comment