दुर्घटनाको खरानीमा लुकेको प्रेमको यस्तो सन्देश



काठमाडौं- सोमवार दुर्घटनाग्रस्त भएको यूएस–बंगला एयरलाइन्सको खरानीमा एउटा प्रेम सन्देश पनि भेटिएको छ ।

उपहारमा टाँसिएको एक नोट उक्त दुर्घटनामा साबुत रहेको थियो । अंग्रेजीमा भएको उक्त सन्देशमा लेखिएको छ, ‘तिमीलाई मन पर्छ कि पर्दैन तर लगाइदेऊ ।’

यो नोट कसले कसका लागि लेखिएको हो भन्ने थाहा भएन तर त्यो सत्य भएमा त्यसले विमानमा यात्रा गर्ने व्यक्तिहरूको दैनिक आरोहअवरोहलाई झल्काउँछ । हामीहरू जस्तै ती यात्रुलाई पनि अनेक ठाउँ जानु थियो र उनीहरूले माया गरेका मानिस पनि थिए । अनि उनीहरूले यात्रा गर्दा कसैका लागि प्रेमपूर्वक उपहारहरू प्याक गरेका थिए ।

Comment