विमान दुर्घटनामा ज्यान गुमाएका सबैको शव परीक्षण गर्न चार दिन लाग्ने



काठमाडौं : विमान दुर्घटनामा ज्यान गुमाएका सबैको शव परीक्षण गर्न चार दिन लाग्ने भएको छ ।

सोमबार राति देखि नै पोस्टमार्टम गर्न थालेको त्रिवि शिक्षण अस्पतालले दुर्घटनामा ज्यान गुमाएका सबैको शव परीक्षण गर्न ४ दिन लाग्ने जनाएको हो ।

सोमबार दिउसो भएको युएस बङ्ला विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाले ज्यान गुमाएका छन्।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले मृतकको हुलिया र जाहेरीसहितको विवरण बुझिरहेको छ। विवरण बुझ्ने, त्यसबमोजिम पोस्टमार्टम गर्ने र शव बुझाउने कार्य क्रमैसँग गरिने विभागले जनाएको छ ।

विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए। तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको त्रिभुवन अन्तर्राष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

Comment