विगत ६ महिना देखि अस्पतालमा उपचाररत बिक्रम बिकलाई आर्थिक सहयोग हस्तान्तरण, छोरा बचाई दिन बाबुको यस्तो हृदयबिदारक अपिल (भिडियो सहित)



भक्तपुर, २९ फागुन : आर्थिक अभावको कारण उपचारमा समस्या भइरहेको अवस्थामा पिडित बिरामी बिक्रम बिकले उपचारार्थ आर्थिक सहयोग पाएका छन। लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका गोर्खा जिल्ला सहिद लखन गाउँपालिका वडा नम्बर १ का मान बहादुर बिकका छोरा बिक्रम बिकको गत भदौ २ गते दुर्घटनामा परि सख्त घाइते भइ उपचारको लागि हेल्पिंग ह्याण्ड अफ चिल्ड्रेन वार्किंग युकेबाट दिनेश अर्यालको पहलमा केहि रकम आर्थिक सहयोग प्रदान गरिएको हो ।

रकम हस्तान्तरणको समयमा सहयोगका हात अगाडी बढाउनु भएका अन्य ३४ जना महानुभावलाई समेत सहयोगी बुद्धि बहादुर अर्यालले बिशेष धन्यवाद दिनुभयो। साथै अर्यालले सहयोगी संस्थाहरु सयपत्री नेपाली कल्चर ग्रुप युके र वर्किंग सोसियल ग्रुप युकेलाई बिशेष धन्यवाद दिनुभयो ।

उपचाररत बिकको गत भदौमा ट्रकले ठक्कर दिदा गम्भीर घाइते भएका थिए । ट्रकवालाले ३ लाख रकम क्षतिपुर्तिको लागि दिएतापनि सम्पूर्ण उपचारको लागि रकम पर्याप्त नहुँदा बिक परिवार यतिबेला समस्यामा छ। सुष्मा मेमोरियल अस्पतालमा ५ महिना उपचार गरेतापनि घांटीमा स्पाइनल कर्डमा धेरै चोटपटक लागेको कारण उठ्नपनि नसक्ने अवस्था भएको कारण उनलाई स्पाइनल इन्जुरी अस्पतालमा फिजियोथेरापी गर्नको लागि लागिएको छ। ३ महिना फिजियोथेरापी गरेपश्चात पुनः सुष्म मेमोरियलमा नै उपचार प्रक्रिया अघि बढ्ने उनका बुबा मानबहादुर बिकले जानकारी दिनुभयो।

‘मलेसिया गएर कामाएको १५-१६ लाख रुपैया पनि सकियो। गीत गाउदै घर चलाउने गरेको मेरो छोरालाई पूर्ण रुपमा ठिक हुन अझै ८-१० लाख लाग्छ, कसरी जोहो गर्ने हो ? मेरो छोराको जीवन बचाइदिइ सामान्य जीवनयापन गर्न सहयोग गरिदिनुहुन सहयोगी मनहरुमा विनम्र आग्रह गर्छु’ विक्रमका बुबा मानबहादुर बिकले आँखाबाट आँशु झार्दै भने। उनले स्पाइनल इन्जुरीबाट उपचारार्थ १ लाख रुपैया सहयोगस्वरुप पाएको समेत जानकारी दिए ।

धर्म गर्नलाई कुनै मन्दीर धाउनुपर्दैन, दिनदुखीलाई सहयोग गर्नु नै मानवीय धर्म हो । पिडित बिक परिवारलाई यदि तपाई पनि आफ्नो सहयोगी हात अगाडी बढाउन चाहनुहुन्छ भने ९८५६०५६१३९ नम्बरमा सम्पर्क गरि आर्थिक सहयोग गर्न सक्नुहुनेछ। यथाशक्य सहयोग गरिदिनुहुन पिएनपिखबर परिवार तपईहरुसमक्ष बिनम्र अनुरोध गर्दछौ ।हेर्नुहोस् भिडियो :

Comment