बझाङमा जिप पल्टियो : ७ घाईते, एकको अबस्था गम्भीर



बझाङ, फागुन २९ – बझाङमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । सदरमुकाम चैनपुरबाट सुर्मा गाँउपालिका जाँदै गरेको से १ ज ८९२ नम्बरको जिप सुर्मा गाँउपालिका–२ मा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

घाईतेमध्ये जिप चालक सन्तोष बोहराको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।साँघुरो सडक र अफठ्यारो मोड भएका कारण जिपको ब्रेक नलाग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।घाईते हुनेमा सुर्मा गाँउपालिका–१ का रमेश बोहरा, सन्तोस बोहरा, रन्जित बोहरा, झल्के बोहरा, सुर्मा–४ का अस्मिता बोहरा र सुर्मा– ३ का कलशा बोहरा रहेका छन् ।

Comment