प्रदर्शनमा आइरहेको शिल्पाको फिल्म ‘मंगलम’को अर्को गीत ‘भन के गरौँ’ सार्वजनिक



काठमाडौँ -प्रदर्शनमा आइरहेको फिल्म मंगलमको ‘भन के गरौँ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।आज युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा नायिका शिल्पा पोखरेल र नायक पुष्प खड्काको अभिनय रहेको छ ।

राज सिग्देल र जुनी रिजालको स्वर रहेको गीतमा आनन्द कार्कीको शब्द रहेको छ ।गीतमा दीपक शर्माको संगीत रहेको छ । छविराज ओझा कार्यकारी निर्माता रहेको मंगलमलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

Comment