प्रकाश सपूतको प्रतिक्षित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दाहिने हातैमा’मा बोलको गीत रुचाए दर्शकले — OSNepal

प्रकाश सपूतको प्रतिक्षित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दाहिने हातैमा’मा बोलको गीत रुचाए दर्शकले

LC (KTM) October 01, 2024 0

प्रकाश सपूत, विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ लगायतका लोकप्रिय कलाकारहरुको अभिनय रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । ‘दाहिने हातैमा’मा बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सिनेमाका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ । रातबिहान होस् वा घाम अथवा झरी रुझ्दै र घाममा टट्दिै गाउँगाउँ हिँड्नु परेको गन्दर्भको यथार्थ गीतले प्रष्ट पारेको छ । गीतले दुःख मात्रै होइन प्रेमको कुरा पनि गरेको छ । लुकीलुकी चौतारीमा मायालुसँग भेटेको प्रसंग गीतले समेटेको छ । मायालुको बखान गरेको गीतले मायाको छेउमा पुग्दा सपनीबाट ब्युझिएको प्रष्ट पार्दै ड्रिम सिक्वेन्स भएको जानकारी दिएको छ ।

यो गीत सुनाउँदै गर्दा चलचित्रमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार देखिन्छन् । उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखिन्छ । यसअघि, चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’ सार्वजनिक भएको थियो । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

चलचित्रको थिम पोस्टरले नै उत्सुकता जगाएको सिनेमाको टिजर सार्वजनिक भएपछि हाइप बढाएको छ । टिजरले नै प्रतिक्षित बनाएको चलचित्रको गीत पनि मर्मस्पर्शी रहेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।

सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यसैबिच निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ।

आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफु अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन। कार्यक्रममा उनले आफ्नो जन्मदिनको केक समेत काटेका थिए। गीतमा अहिलेकी चर्चित गायिका शान्ती श्री परियार र गायक प्रल्हाद सुवेदीको स्वर छ। गीतको भिडियोमा भने लोमश शर्मासँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नव–कलाकार प्रमोद पौडेल फिर्चड छन। प्रमोदले यसै गीतबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेका हुन। डेब्यु भए तापनि उनले भिडियोमा तारिफयोग्य काम गरेका छन। गीतमा शब्द र संगीत प्रल्हाद सुवेदीले भरेका छन। विनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन मनोज कार्की र कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन। भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक लोमश शर्माले स्वयंमले गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर