३९ बर्षीय यि युवकका छन् ३५ प्रेमीका, ३६ औँ प्रेमीका बनाउने क्रममा यसरी खुल्यो पोल — OSNepal

३९ बर्षीय यि युवकका छन् ३५ प्रेमीका, ३६ औँ प्रेमीका बनाउने क्रममा यसरी खुल्यो पोल

LC (KTM) May 16, 2021 0

काठमाडौँ । एउटा युवकले कतिजना युवतीसँग प्रेम गर्न सक्लान् ? बढी २ ३ वा ५ ? जापानका ३९ बर्षीय ताकाशी मियागावाले एकसाथ ३५ युवतीसँग प्रेम रोमान्स गरेको पोल खुलेको छ । ३५ जना प्रेमिका बनाएर सम्बन्ध राखेको आरोपमा ति युवक समातिएका छन् । प्रेमिका बनाउने लत बसेका ति युवकले
३६ औं प्रेमिका पनि बनाउने सोचमा उनी समातिएको बताइएको छ । ताकाशी मियागावाले आफ्नी पहिलो प्रेमिकाले उपहार दिएपछि प्रेमीकाहरुबाट उपहान पाउने इच्छा जाग्यो । प्रेमीका बनाउँदै गएपछि उनलाई प्रेमीका थप्ने लत बस्यो ।

आफ्ना सबै प्रेमिकालाई फरक फरक मितिमा आफ्नो जन्मदिन रहेको बताउदै आएका ताकाशीले नयाँ प्रेमिका थप्दै जाँदा पुराना भने छाडेनन् । र निरन्तर थप्दै जाँदा ३६ औँ प्रेमीका बनाउने क्रममा उनी समातिएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ । न्यूयोर्क पोस्टमा प्रकाशित रिपोर्ट अनुसार प्रहरीले यी जापानी युवालाई एकै साथ ३५ जना प्रेमिका बनाएर सम्बन्ध राखेको भन्दै यिन्त्रणमा लिएको हो ।

एक मार्केटिंग कम्पनीमा पार्ट टाइम काम गर्ने ताकाशीले घर घर पुगेर सामान बेच्ने क्रममा नयाँ नयाँ युवतीहरुसँग चिनजान र सम्पर्क बढाउँदै गएको अनुसन्धानका क्रममा खुलेको छ । उनको कर्तुतको खुलासा तब मात्र भयो जब उनका ३५ प्रेमिका मध्ये एकलाई उनीमाथि शंका लागे लगत्तै उनले प्रहरीकोमा रिर्पोट हालिन् । सबैलाई विबाहको वचन दिएर रोमान्समा लिप्त ताकाशी जापानी रोमियोको नामबाट जापानमा ब्यापक चर्चा कमाएका छन् । राम्रा काम गरेर भन्दा नराम्रा कामबाट उनी ब्यापक चर्चमा छन् । अहिले उनी जेलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर