जुवातास खेलिरहेको अवस्थामा मोटो रकम सहित २१ जना पक्राउ — OSNepal

जुवातास खेलिरहेको अवस्थामा मोटो रकम सहित २१ जना पक्राउ

LC (KTM) August 04, 2021 0

काठमाडौं, २० साउन- काठमाडौं महानगरपालिका(१५ डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं टंकेश्‍वर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठ लगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५ हजार रुपैयाँ र खेलमा प्रयोग भएको २६ थान ओखर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर