यो हो निकै महंगो मूल्य पर्ने कालो रङको स्याउ, तपाईले खानु भएको छ यो स्वादिलो स्याउ ? — OSNepal

यो हो निकै महंगो मूल्य पर्ने कालो रङको स्याउ, तपाईले खानु भएको छ यो स्वादिलो स्याउ ?

LC (KTM) August 04, 2021 0

एजेन्सी – तपाईले रातो, पहेँलो, हरियो र सेतो स्याउ त पक्कै देख्नु भएको छ। तर कहिल्यै कालो स्याउ देख्नु भएको छ ।यदि तपाई हामीहरुले काले रंगको स्याउ देखेमा पक्कै छक्क पर्नेछौ ।त्यस्तै यस्तो कालो रंगको स्याउ चीनको तिब्बतमा फलेको छ । यो स्याउ निकै दुर्लभ छ । चिनिया समाचारमा जनाए अनुसार या कालो रंगको दुर्लभ स्याउ तिब्बतका पहाडी क्षेत्रमा फलाइन्छ ।यो स्याउ ब्लाक डायमान्ड जातको निकै दुर्लभ स्याउ हो ।

यसको रङ गाढा बैजनी र झ्वाट्ट हेर्दा कालो देखिने यो निकै अनौठो छ । अहिले सामाजिक संजालमा यो अनौठो रंगको स्याउको तस्विरहरु भाइरल बनिरहेको छ ।त्यहाको भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ सय मिटरको उचाईमा यो स्याउको खेती गरिँन्छ ।यो स्याउ महंगो मूल्यमा बिक्रि भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर