जमिन मुनी बनेको संसारकै अचम्मको १८ तले पाँचतारे होटेलको सर्वत्र चर्चा — OSNepal

जमिन मुनी बनेको संसारकै अचम्मको १८ तले पाँचतारे होटेलको सर्वत्र चर्चा

LC (KTM) August 04, 2021 0

एजेन्सी – विश्वमा सबैभन्दाद धेरै नयाँ–नयाँ आविष्कार गर्ने देश हो चीन । विकासका क्षेत्रमा र नयाँ आविष्कारमा चिन सधै अगाडी नै छ । चिनले विश्वलाइ नै चकित पार्ने अनेक काम गरेर देखाउन सफल भएको छ । यस्तै क्रममा चीनले फेरी अर्को चकित पार्ने काम गरेको छ । चीनको सांघाईस्थित सोंगजियांग क्षेत्रमा एक पाँचतारे होटेल बनाएर एक चमत्कारिक कार्य गरेको हो । पाँचतारे होटेल बनाउनु नौलो होइन तर उसले त्यो पाँचतारे होटेल जमिनमुनि बनाएको छ ।

खबरअनुसार यस्तो होटेल निर्माण थालेको करिब १२ वर्षमा पूरा भएको हो । यसै साता मात्रै सो होटेलको सबै बन्दोबस्ती सकेर सर्वसाधारणका लागि खुला गरिएको छ ।जमिनमुनि रहेको यस्तो अनौठो होटेल १८ तल्लाको छ ।यसलाई विश्वकै अनौठो पहिलो भूमिगत होटल भनेर चर्चा गर्न थालिएको छ ।यो होटेलको दुई तल्ला जमिनमाथि छ भने बाँकी जमिनमुनि छन् ।

होटलको पानीमुनि रहेका दुई तल्ला निकै रोमाञ्चक र उत्तिकै डरलाग्दो पनि छ ।अनौठो होटेल करिब ३२ अर्ब रुपैयाँको लगानीमा बनेको हो । यस्तो गजबको होटेलको डिजाइन भने बेलायती आर्किटेक्ट मार्टिन जोकम्यानले गरेका हुन् । होटेलमा जम्मा ३ सय ३६ वटा कोठा छ । जमिनबाट ८८ मिटर गहिराइसम्म रहेको यस्तो अद्भुत होटेलको सबैभन्दा महँगो कोठाको खर्च एक रातको १४ हजार डलर पर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर