प्रदेश नं १ मा ९२२ सङ्क्रमित थपिए — OSNepal

प्रदेश नं १ मा ९२२ सङ्क्रमित थपिए

Kesh Karki (USA) August 04, 2021 0

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ९२२ जनामा कोरोना सङ्क्रमण भएको छ । सो अवधिमा एक हजार ५६६ को पिसिआर परीक्षण गर्दा ४८५ र एक हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५ मध्ये विराटनगरमा ४१, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा छ, पाँचथर र सङ्खुवासभामा दुई÷दुई, इलाम र खोटाङमा एकएक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको छ ।

सोही अवधिमा प्रदेशमा आज ३६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६६ महिला र १९९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सात जना महिलासहित १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर