खतरो के खेलाडी ११ की सबैभन्दा कान्छि प्रतिष्पर्धी अनुष्का सेनले आफ्नो जन्म दिन यसरी उदयपुरमा मनाइन् — OSNepal

खतरो के खेलाडी ११ की सबैभन्दा कान्छि प्रतिष्पर्धी अनुष्का सेनले आफ्नो जन्म दिन यसरी उदयपुरमा मनाइन्

LC (KTM) August 04, 2021 0

खतरो के खेलाडी सिजन ११ की सबैभन्दा कान्छि प्रतिष्पर्धी अनुष्का सेनको आज १९ औ जन्म दिन । अभिनेत्री अनुष्काले आफ्नो जन्म दिन परिवार संग उदयपुरमा मनाएकी छिन् । अनुष्काको परिवारले उनको जन्म दिनमा एक खास गिफ्ट दिएका छन् ।

अनुष्काको आमा बुवाले उनको जन्म दिनको लागि उदयपुरको ट्रिप प्लान बनाएका थिए । साथै दुबै जनाले उनलाई शानदार घडी गिफ्ट दिएका छन् । अनुष्काले यो घडी को तस्बीर शेयर गरेकी छिन् । अनुष्काले गिफ्ट गरेको घडीलाई पटक पटक हेरिरहेको देख्न सकिन्छ ।

यस घडीको मुल्य ४० हजार रुपैया रहेको छ । बर्थ डे ग्रल अनुष्का आफ्नो परिवार संग खुब मस्ती गरेको देख्न सकिन्छ । उनले आफ्नो बुवा आमालाई सरप्राइज ट्रिपको लागि धन्यबाद समेत दिएकी छिन् ।

अनुष्काले परिवार संगको ट्रीपको धेरै तस्बीर शेयर गरेकी छिन् । अनुष्का खतरो के खेलाडीमा देखिएकी छिन् । उनको प्रतिष्पर्धी वरुण सूद र बिशाल आदित्य संग एकदमै राम्रो सम्बन्ध रहेको छ । उनीहरु दुबै जनालाई उनले दाजु भनेर सम्बोधन गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर