सरकारमा सहभागी हुन अझै नेपाल पक्षलाई थपियो दुई दिनको समय — OSNepal

सरकारमा सहभागी हुन अझै नेपाल पक्षलाई थपियो दुई दिनको समय

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । गठवन्धनको समर्थनबाट बनेको नेपाली कांग्रेस नेतृत्वको सरकारले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षलाई शुक्रबार सम्म कुर्ने जनाइएको छ ।

सरकारको नेतृत्व गरेको ती साता वितिसक्दा पनि मन्त्रिपरिषद्लाई पुर्णता दिन नसक्दा अझै दूई दिन नेपाल समुहलाई सरकारमा सहभागी हुने समय दिइएको हो ।

नेपाल समुहलाई सरकारमा ल्याउन प्रयास गरिरहेको गठवन्ध सरकारले अझै कुर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले दिनहुँ नेपालसँग छलफल गरिहेका छन् । तर पनि नेपाल समुहले आफ्नो निणर्य दिएको छैन ।

नेपाल सुमहका केहि नेताहरु भने पार्टी एकताको पक्षमा रहेका छन् । केहि सरकारमा जानुपर्छ भन्दै आएका छन् । नेपाल भने तटस्थ रुपमा देखिएका छन् । तत्काल सरकारमा जान नहुने बताउँदै पनि आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर