श्रीमानले त सिन्दुर किन नलगाएको भनेको छैन तिमिहरु को हौ ? भन्दै रिसाईन् अभिनेत्री दिशा परमार — OSNepal

श्रीमानले त सिन्दुर किन नलगाएको भनेको छैन तिमिहरु को हौ ? भन्दै रिसाईन् अभिनेत्री दिशा परमार

LC (KTM) August 04, 2021 0

केही समय अघि बलिउडका चर्चित गायक राहुल बैद्य संग बैबाहिक बन्धनमा बाँधिएकी टेलिभिजन अभिनेत्री दिशा परमार यतिबेला एकदमै मस्ति गरिरहेकी छिन् । बिबाह पछि बिशेष गरेर दिशा परम्परागत कपडामै सजिएको आफ्नो फोटोहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् ।

उनले सामाजिक सञ्जालमा शेयर गरेको फोटो अब भने ट्रोलरहरुको निशानामा परेको छ । उनले आफ्नो फोटोमा लगातार ट्रोलको सामना गर्नु परिरहेको छ । हालै दिशाले पिंक कलरको साडीमा आफ्नो केही तस्बिरहरु शेयर गरेकी थिईन् । उनले फोटो शेयर गर्दे लेखेकी थिईन्– ह्याप्पी पप्पी । उनको पति राहुलले पनि लेखेका छन्– मेरी बेब कहर ढा रही है ।

दिशाको यो फोटो सबैले मन पराएका छन् तर उनले सिन्दुर नलाएको प्रति भने ट्रोल सुरु भएको छ । एक सामाजिक सञ्जाल प्रयोगकर्ता भन्छन्– सिन्दुर लगाएको छैन फेरी पनि । त्यस्ता अर्का प्रयोगकर्ता लेख्छन्– सिन्दुर नलगाउँदा के हुन्छ ? यसरी ट्रोल बनाउन थालेपछि उनले दिक्दार भएर जवाफ फर्काएकी छिन् ।

दिशाले लेखेकी छिन्– तिनिहरु सबैको लागि जसलाई लाग्छ कि मेरो कमेन्ट बक्समा नकरात्मक कुराले भर्नु तपाईको अधिकार हो किनकी मैले सिन्दुर लगाएको छैन । तर म तपाईहरुलाई भनौ कि यो मेरो छनौटको कुरा हो । जब मलाई सिन्दुर लगाउन मन छ लगाउँछु मन लाग्दैन लगाउँदिन । म यसैमा खुशी छु मेरो श्रीमान् लाई पनि कुनै दिग्दारी छैन भने तिमीहरु कि दिग्दारी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर