थ्री इडियटका कलाकार माधवन शिल्पा शेट्टी लाई भन्छन् - तपाई एकदमै मजबुत हुनुहुन्छ , यो चुनौती सजिलै पार गर्नुहुनेछ — OSNepal

थ्री इडियटका कलाकार माधवन शिल्पा शेट्टी लाई भन्छन् – तपाई एकदमै मजबुत हुनुहुन्छ , यो चुनौती सजिलै पार गर्नुहुनेछ

LC (KTM) August 04, 2021 0

पछिल्लो केही दिन देखी बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफ्नो ब्यक्तिगत जिवनमा धेरै दिक्दारी र झन्झटको सामना गरिरहनु परेको छ । एकातिर आफ्ना पति राज कुन्द्रा पोर्नाेग्राफी केसमा फसिरहेका छन् भने अभिनेत्री स्यंमको सामाजिक सञ्जालमा एकदमै ट्रोल भईरहेको छ ।

शिल्पा संग मुम्बई पुलिसको क्राइम ब्रान्चले समेत सोधपुछ गरिसकेको छ । हालै शिल्पाले सामाजिक सञ्जालमा मिडीया संग आफ्नो कुरा प्रष्ट रुपमा राखि सकेकी छिन् । उनले आफ्नो बच्चाहरुको प्राइबेसीको बारेमा सोच्न समेत आग्रह गरेकी छिन् ।

अब भने बिस्तारै बिस्तारै बलिउड पनि शिल्पाको सर्पाेटमा उत्रिन थालेको छ । अब कलाकार आर माधवनले पनि शिल्पालाई सर्पाेट गर्दै उनको हौसला बढाएका छन् । शिल्पाको आफ्नो बयान पछि उनी प्रति पब्लिकको माया पनि एकदमै मिलेको छ । शिल्पाको बयानमा कमेन्ट गर्दै आर माधवन लेख्छन्– तपाई त्यो छनौट मध्येको एक हुनुहुन्छ जसलाई म सबै भन्दा मजबुत मान्छु ।

अहिले पनि मलाई पुरा भरोसा छ कि तपाईको जिवनको यो चुनौती बाट जरुर पार पाउनु हुनेछ । मेरो प्रार्थना तपाई तथा तपाईको परिवारको साथमा सधै छ । त्यस्तै पछिल्लो समय ऋचा चड्डा, हंशल लगायतका कलाकारले शिल्पालाई सर्पाेट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर