स्वास्थ्य सामग्री खरीद गर्न कर्णाली प्रदेश सरकारले १३ करोड ८० लाख उपलब्ध गराउने — OSNepal

स्वास्थ्य सामग्री खरीद गर्न कर्णाली प्रदेश सरकारले १३ करोड ८० लाख उपलब्ध गराउने

LC (KTM) May 16, 2021 0

कर्णाली- परिवर्तित रुपसहितको कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले रु१३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरीद तथा व्यवस्थापनका लागि रु छ करोड, अक्सिजन कन्सन्ट्रेटरका लागि रु पाँच करोड ४५ लाख, रेम्डिसिभरलगायत औषधि खरीद तथा कोभिड बिरामीको हवाई उद्धारका लागि रु एकएक करोड उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कुर्मराज शाहीले जानकारी दिनुभयो ।

बैठकले प्रदेशका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नका लागि अक्सिजन प्लान्ट सुर्खेत जिल्लामा स्थापना (निर्माण) तथा सञ्चालन गर्ने र त्यसका लागि सामाजिक विकास मन्त्रालयले तत्काल आवश्यक कार्य तथा व्यवस्थापन गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहीले बताउनुभयोे बैठकले प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्नेलगायत निर्णय पनि गरेको प्रदेश सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर