गढीमाईको दर्शन गरेर फर्कँदै गरेको जिप दुर्घटना, आठ जनाको मृत्यु — OSNepal

गढीमाईको दर्शन गरेर फर्कँदै गरेको जिप दुर्घटना, आठ जनाको मृत्यु

LC (KTM) December 10, 2024 0

चन्द्रपर (रौतहट), २५ मङ्सिर : बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । जिप अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।

दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले जानकारी दिनुभयो । मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो । दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर