एयरहोस्टेसको संवेदनशील अंग छुन थालेपछि उडिरहेको विमानका यात्रुलाई सिटमा बाँधियो, जहाजभित्र खैलाबैला — OSNepal

एयरहोस्टेसको संवेदनशील अंग छुन थालेपछि उडिरहेको विमानका यात्रुलाई सिटमा बाँधियो, जहाजभित्र खैलाबैला

LC (KTM) August 05, 2021 0

काठमाडौं । पाइलट र एयरहोस्टेस सम्मानित र जोखिमले करिएका पेशा हुन् । विमानमा बेलाबेलामा उनीहरुले अनौठा समस्या भोग्दैआएका छन् ।

यसैबिच हालै उडिरहेको एक विमानमा एक यात्रुले महिला एयरहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरेपछि ति यात्रुलाई सिटमा बाँधिएको छ । २ जना एयरहोस्टेसलाई जिस्क्याएपछि अर्की एयरहोस्टेसलाई मुक्का हानेका ति जँड्याहा यात्रुलाई कारवाही गर्दै सबै एयरहोस्टेस मिलेर बाँधिएको हो ।

सर्टबिना नाङगै विमानमा घुम्न थालेपछि उनलाई सिटमा बाँधिएको बताइएको छ । शनिबार अमेरिकाको फिलाडेल्फियाबाट मियामी जाँदै गरेको फ्रन्टियर एयरलाइन्सको विमानमा देखिएको यो दृश्यले अहिले संसारभर खैलाबैला मच्चाइरहेको छ ।

नशामा एयरहोस्टेसको संवेदनशील अंग छुन थालेपछि यात्रुले ति युवकलाई बाँध्न मद्धत गरेका थिए । यात्रु र केबिन क्रुले उनलाई नियन्त्रणमा लिएको बताइएको छ । विमान अवतरण गरिए लगत्तै ति यात्रुलाई गिरफ्तार गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर