खोप माग गर्दै सडक निर्माण बन्द — OSNepal

खोप माग गर्दै सडक निर्माण बन्द

Kesh Karki (USA) August 05, 2021 0

झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।” खोपका लागि मजदूर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत पेश गरिएको उहाँले जानकारीदिनुभयो ।

सो सडक खण्डको निर्माणमा १३० मजदूरकर्मचारी नियमित काम गरिरहेका छन् । करिब १० महिना अघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अमरपथ सडक खण्डको शिलान्यास गर्नुभएको थियो । उक्त सडकको लम्बाइ सुरुङदेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटरे छ ।

पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत रू एक अर्ब चार करोड रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७ दशमलव ८ किलोमिटरको रू ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले रू ५७ करोडमा लिएको छ ।

विसं २०७६ भदौ १६ गते ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कम्पनीले विसं२०८० भदौ १५ गतेभित्र गरिसक्नुपर्नेछ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर