प्रकाशले प्रकाश यसरी छर्दैछन् सांगितिक क्षेत्रमा



युवा गायक प्रकाश न्यौपाने नेपाली सँगितमा सांगितिक क्षेत्रमा सम्भावना बोकेका गायक हुन् । बाँके कोहलपूर देखी राजधानी पसेका गायक न्यौपानेले छोटो समयमा नै महत्वपूर्ण साँगितिक फड्को मारिसकेका छन् । जि युनिटी ब्याण्डसँग आबद्द गायक प्रकाश अहिले भने ब्याण्ड देखी अलग भएर आफैँ साँगितिक यात्रामा अघी बढिरहेका छन् ।

उनी आफैं सिर्जनशिल छन् , गीत , संगित सिर्जना र शब्द लेखनमा पनि उत्तिकै दक्खल राख्छन् प्रकाश । उनको कतिपय गीतहरुको शब्द / संगित गायक आँफैलेनै गर्ने गरेका छन् ।

तीन वटा गिती एल्बमहरु ‘प्रकाश ट्युन्स’, ‘फ्युजन’, र ‘द राईज’ यस अगाडी नै बजारमा ल्याई सकेका गायकको नयाँ गीतहरु गायकले सार्बजनिक गरी रहेका छन् ।

छिट्टै अर्को भिडियो सार्बजनिक गर्ने तयारिमा जुटिरहेका गायकले आफुलाई नेपाली आर एण्ड बि संगितमा अब्बल गायकको रुपमा स्थापित गर्न नयाँ नयाँ गीत सिर्जनामा तल्लिन बनाई रहेका छन् ।

Comment