सुदूरपश्चिम प्रदेशसभा : समसामयिक विषयमा ध्यानाकर्षण — OSNepal

सुदूरपश्चिम प्रदेशसभा : समसामयिक विषयमा ध्यानाकर्षण

LC (KTM) January 19, 2025 0

सुदूरपश्चिम, ६ माघ : सुदूरपश्चिम प्रदेशसभा, आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्यहरूले समसामयिक समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँहरूले प्रदेशमा देखिएका विकृति विसङ्गति रोक्न, युवामा देखिा थालेको असन्तुष्टि समयमै सम्बोधन गर्नेगरी काम गर्नुपर्ने, प्रदेश र प्रदशेवासीको बृहत्तर हितका लागि सामूहिक पहलकदमी लिन सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, संसद्का विषयगत समितिको काम कारबाही प्रभावहीन देखिँदा जनतामा निराशा छाएको, हालसम्म पनि प्रदेशको स्थायी राजधानी निर्माणमा सरकार बेवास्ता गरेको, भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने गरी काम नभएका भन्दै सरकारलाई सचेत गराउनुभयो ।

विषेश समयमा सत्तापक्ष नेपाली कांग्रेसका विक्रमसिंह धामी, नेकपा (एमाले) का राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले आफ्नो धारणा राख्नुभयो । यसैगरी प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी, नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल, राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र डा ताराप्रशाद जोशीले समयसामयिक विषयमा धारणा राख्नुभएको थियो ।

सभामुख भीमबहादुर भण्डारीले विशेष समयमा उठान भएका जिज्ञासाबारे सात दिनभित्र जवाफ दिन सम्बन्धित मन्त्रीलाई ‘रुलिङ’ गर्नुभयो ।

बैठकमा प्रदेशसभा सदस्य पदमबहादुर शाहीलाई विधायन तथा प्रदेश मामिला समितिबाट सामाजिक विकास समितिमा र कैलाश चौधरीलाई सामाजिक विकास समितिमा रहेर कामकाज गर्नेगरी हेरफेर गरिएको सभामुखबाट प्रस्तुत प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

यसैगरी सभामुख भण्डारीले प्रदेशसभाको विषेशाधिकार समिति सदस्यमा मधुदेवी भारती, तुल्सी देवकोटा, राजेन्द्रसिंह रावल, मानबहादुर धामी र जानकी ऐर बमलाई मनोनयन गरिएको जानकारी दिनुभयो ।

सभामुख भण्डारीले प्रदेशसभाअन्तर्गत विषयगत समितिमध्ये सभापति रिक्त रहेका सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा सभापतिको निर्वाचन सुरु गर्नेगरी कार्यतालिका प्रकाशन गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिनुभयो । प्रदेशसभाको पाँचाँै अधिवेशनअन्तर्गत आजदेखि बैठक सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर