त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन — OSNepal

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

LC (KTM) January 20, 2025 0

काठमाडौँ, ७ माघ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम आजदेखि पुनःसञ्चालनमा आएको छ । अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ ।

उक्त सेवा गत भदौ १२ गतेदेखि स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिनुभयो । सम्पूर्ण विभाग÷वार्ड÷शाखा÷ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा बिरामी भर्ना गर्दा यो सेवा लागू हुने सूचनामा उल्लेख छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर