डाक्टर बिक्रान्त मेहताको स्वरमा आयो माया गर्ने मै हो — OSNepal

डाक्टर बिक्रान्त मेहताको स्वरमा आयो माया गर्ने मै हो

LC (KTM) January 21, 2025 0

काठमाडौँ । डाक्टर बिक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पेशाले चिकित्सक समेत रहेका अर्थोपेडिक सर्जन डा मेहताकै अभिनय रहेको गीतमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ । एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी मनहरुका लागि उपहार हुन सक्छ ।

भिडियोमा मोडलद्धय डाक्टर मेहता र स्मारिका मज्जैसँग अभिनयमा खुलेका छन् । भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना ,मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि विवाह गरेर एक हुँदा सम्मको सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन् । निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन् । रिदम कँडेलको ऐरेन्ज , नरेश बिबिसीको मिक्सिगं मास्टरिगं तथा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको सार्वजनिक गीतको कन्सेप्ट पनि निर्देशन धितालकै हो । सार्वजनिक गीतको भिडियो एम सिरिज ग्लोबलबाट बजारमा आएको हो । जसको छायाङ्कन उत्सब दाहालले गरेका हुन् भने सम्पादन राकेश दाहालले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर