यि रोग भएका व्यक्तिले पिउँनुहोस् अमलाको जुस — OSNepal

यि रोग भएका व्यक्तिले पिउँनुहोस् अमलाको जुस

LC (KTM) August 05, 2021 0

काठमाडौं । अमला स्वास्थ्यको हिसाबले निकै गुणकारी फल हो । मानिसले यसको प्रयोग गर्मी महिनामा वढि गर्ने गर्दछन् । अमलामा भिटामिन सी ,फाइबर र प्रोटिन प्रसस्तै मात्रामा पाईन्छ । मानिसहरुले अमलाको जुसको प्रयोग पनि धेरै गर्ने गर्दछन् । अमलाको जुसमा धेरै भिटामिन पाईन्छ । यसको सेवनले शरीरको छालालाई मजबुत बनाउँने काम गर्दछ । अमलाको जुसको सेवनले शरीरलाई कस्तो कस्तो फाईदा गर्छ भन्ने कुरा आज बताउँन गईरहेका छौ ।

अमलाको जुुसको प्रयोग नियमित रुपमा गरेमा पाचँन प्रणलीलाई मजबुत बनाउँछ । अमलाको जुसमा प्रसस्तै मात्रामा भिटामिन पाईने भएको कारणले गर्दा यसको सेवनले शरीरलाई फूतिलो बनाउँछ । यसको सेवनले अनुहारमा आउँने डण्डीफोरबाट सधैको लागी मुक्ति पाउँन सकिन्छ ।

अमलाको जुसमा केरा तथा मह मिसाएर सेवन गरेको खण्डमा महिलाहरुको महिनावारी समस्याबाट छुटकारा पाउँन सकिन्छ । साथै यसको प्रयोग नियमित गरेको खण्डमा रगत शुद्ध हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर