गायक रायमाझीको नयाँ गीत "लाहुरे टाँसेको" सार्वजनिक — OSNepal

गायक रायमाझीको नयाँ गीत “लाहुरे टाँसेको” सार्वजनिक

LC (KTM) February 01, 2025 0

अर्घाखाँचीका लोकप्रिय गायक तथा संगीतकार विशाल रायमाझीले “लाहुरे टाँसेको” म्युजिक भिडियो गीत सार्वजनिक गरेका छन् ।काठमाडौं बसेर गीत संगीतमा रमाइरहेका रायमाझीले लाहुरे टाँसेको भिडियो आफ्नै युट्युब च्यानल मार्फत शुक्रवार सार्वजनिक गरेका हुन् । नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपामाइ लाइ सिरमा राखेर सुपामाइकै काखमा आएर गीत को सुटिङ सम्पन्न गरेका रायमाझीले सुटिङकै दौरान जिल्ला बासीलाइ सम्म निम्तो गरेका थिए ।

सार्वजनिक गीतमा रायमाझीको शब्द संगीत रहेको छ भने उनलाई स्वरमा सलिना नेपालीले साथ दिएकी हुन् ।गीतमा प्रदेश देखि आएको लाउरे सुपादेउरालीको कथा माया प्रेमलाई पन्जे बाजाको रुपमा चित्रर्ण गर्न खोजिएको छ । रायमाझी परिवारको सांगीतिक कार्यक्रमका लागि देश प्रदेशमा पनि उनको उत्तिकै चर्चा रहेको पाइन्छ ।

रायमाझीले थुप्रै गित सार्वजनिक गरेका छन् । साइनो हरायो , गाउँका लाउरे, पुर्वे धरान,संगिनी, नक्क्ले भिनाजु एक दुई तीन क्रमश पाँचले पनि दर्शकहरु को मन जित्न सफल भएको थियो।
पन्जे बाजा “लाहुरे टाँसेको” गीत बिश्वास नेपालले एरेन्ज गरेका हुनभने रेकडिङ राजु सुनामले गरेका हुन् । स्टुडियो ओजन मार्फत रेकर्डिङ गीतको अडियो मिक्सिङ बिनोद परियारले गरेका हुन् ।

कलाकार तथा मोडल एलिना रायमाझी, बिशाल रायमाझी,सलिना नेपाली, आर जे अनु र शुशान्त पछाइको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मेकप कबिन भाइको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *