लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै — OSNepal

लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै

LC (KTM) February 03, 2025 0

तुलसीपुर, २१ माघः लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर