देवघाट : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका छन् । देवघाटमा जारी देवघाट महा–महोत्सवमा मंगलबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देशका ८० प्रतिशत जनता हिन्दु राष्ट्रको पक्षमा रहेको हुँदा नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने बताए ।
राजनीति र र धर्म अगल अगल विषय होइन् । राजनीति र धर्मलाई अलग अलग बनाएकै कारण देशमाथी बाह्य हस्तक्षेप बढ्दै गएको उनले बताए । आफु राजनीति र धर्मलाई सँगै लिएर जानु पर्ने मान्यतामा रहेको अध्यक्ष लिङदेलने बताए । धर्म सहितको राजनीतिले मात्र देशको भलो हुने उनले बताए । नेपालको बिग्रिएको राजनीतिलाई धर्म सहितको राजनीतिले मात्र सुधार्ने उनले दाबी गरे ।
धर्म निरेपक्षताको आडमा सनातन धर्ममाथिको अतिक्रमण सुरु भएको उनले बताए । अहिले पाथिभरामा देखिएको व्यापारिक हस्तक्षेप त्यसैको रुपमा भएको उनले बताए । यस्ता तत्वले भविष्यमा देवघाटमा पनि अतिक्रमण गर्ने उनले दाबी गरे ।
अध्यक्ष लिङदेनले अव नेपाललाई हिन्दु राष्ट्र बनाउने दुई वटा मात्र विकल्प रहेको बताए । पहिलो विकल्प आन्दोलन र दोश्रो विकल्प भनेको निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर संसदबाट संविधान संशोधन मार्फत धर्म निरपेक्षतालाई परिवर्तन गर्ने विकल्प रहेको उनले बताए । हिन्दु राष्ट्र चहाने हो भने हिन्दु राष्ट्रको वकालत गर्ने पार्टीलाई भोट दिनु पर्ने अध्यक्ष लिङदेलने बताए । धर्म निरपेक्ष पार्टीहरुलाई भोट हाल्नु भनेको हिन्दु राष्ट्रको विरोध गर्नु भएको उनले बताए ।
जनताको भोटको कारण देश धर्म निरपेक्षा भएको हुँदा भोट हाल्ने सबै जनता हिन्दु धर्म विरोधी भएको उनले बताए । उनले आफ्नै जिवनकालमा देशलाई हिन्दु राज्य बनाउन सकिने दाबी गरे । आफु हिन्दु राज्यको पक्षमा उभिएकै कारण आफुमाथि पनि विभिन्न पटक आक्रमणको प्रयास भएको उनले बताए । हिन्दु राज्यको पक्षमा उभिएकै कारण विभिन्न अनिष्ट र संकटको सामना गरेर यहाँसम्म आईपुगेको उनले बताए ।
अध्यक्ष लिङदेनले इश्वरकृष्ण महाराजको संकल्पमा भएको देवघाट महा–महोत्सवले सनातनी धर्मको रक्षा र सम्बद्र्धनकोलागि ठुलो भुमिका खेल्ने बताए । उनले राज्यले गर्नु पर्ने जेष्ठ नागरिक आश्रम स्थापनाको कार्य इश्वरकृष्ण महाराजको संकल्पमा भईरहेको हुँदा सबैले उहाँको सत्संकल्पमा सहयोग गर्नुपर्ने बताए ।