रायोको साग नियमित खानुहोस् यि समस्याबाट पाउनुहुनेछ मुक्ति — OSNepal

रायोको साग नियमित खानुहोस् यि समस्याबाट पाउनुहुनेछ मुक्ति

LC (KTM) August 06, 2021 0

शरीरका लागि जहिले पनि पोषिलो खाद्य पदार्थहरु खानु पर्छ । गेडागुडी, हरियो सागपात, माछा मासुको नियमित प्रयोगले हाम्रो शरिर स्वस्थय भैरहन्छ । हामी यहाँ नेपालीहरुले निक्कै रुचाउँने गरेको तरकारी रायो सागको केही फाइदाहरू बताउँदै छौं ।

रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धो लगायत रोगबाट केटाकेटीलाई बचाउँछ । रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ ।

पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।

रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर