अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन — OSNepal

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन

LC (KTM) February 18, 2025 0

काठमाडौँ, ६ फागुन : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ । केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको हो । सो प्रतिवेदन यही फागुन ८ गते केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।

बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तात्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

बैठकले अध्यादेश देश र जनताको हितमा नभएकाले संसद्मा निर्णयार्थ प्रस्तुत गरिएमा त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यही फागुन ७ गते स्थायी कमिटी बैठक बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर