कोशी प्रदेशसभाः प्रतिस्थापन विधेयक पारित — OSNepal

कोशी प्रदेशसभाः प्रतिस्थापन विधेयक पारित

LC (KTM) March 02, 2025 0

विराटनगर, १८ फागुनः कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

सभामुख अम्बरबहादुर विष्टले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

यसअघि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयक पेस गर्नुभएको हो । मन्त्री भण्डारीले प्रदेशमा सङ्कटग्रस्त सहकारी संस्थालाई समिति बनाएर हस्तान्तरण, निजामती कर्मचारी ऐनमा भएको प्राविधिक त्रुटीलाई सच्याउन र विपद्का कारण क्षति भएका संरचनालाई पुनःनिर्माण गर्न यो विधेयक आवश्यक रहेको जानकारी दिनुभयो ।

शुन्य समय
कोशी प्रदेशसभा सदस्य विनोद राई, गोबिन्द गिरी, गणेशप्रासद उप्रेती, सपना दर्जी, प्रेमराज थाम्सुङ, गोपालबहादुर विश्वकर्मा, कमलप्रसाद जवेगु र राधाकृष्ण खनालले आ–आफ्ना निर्वाचन क्षेत्रमा रहेका समस्याबारे सदनको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर