सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि — OSNepal

सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

LC (KTM) March 19, 2025 0

काठमाडौँ, ६ चैतः सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर