‘पब्लिक हाईस्कुल अग्रणी स्थानमा छ’ - मुख्यमन्त्री कार्की — OSNepal

‘पब्लिक हाईस्कुल अग्रणी स्थानमा छ’ – मुख्यमन्त्री कार्की

LC (KTM) March 19, 2025 0

धरान सुनसरी, ६ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नमूना माध्यमिक विद्यालयको रूपमा विस्थापित सामुदायिक पब्लिक हाईस्कुल हरेक क्षेत्रहरूमा अग्रणी स्थानमा रहेको बताउनुभएको छ ।

धरान उपमहानगरपालिका–१२ मा रहेको पब्लिक हाईस्कुलको ७८औँ वार्षिक उत्सव तथा अभिभावक दिवश कार्यक्रममा उहाँले पब्लिक हाईस्कुलले गरेको भौतिक सुधार र विविध क्षेत्रमा गरेका काम प्रसंशनीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, विजय राई, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराती, पूर्व उपप्रमुखर मन्जु भण्डारी पब्लिक स्कुलका शिक्षक शिक्षिकालगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर