एक वर्षभित्र देशभर ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य: मन्त्री यादव — OSNepal

एक वर्षभित्र देशभर ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य: मन्त्री यादव

Kesh Karki (USA) March 22, 2025 0

काठमाडौं – खानेपानी मन्त्री प्रदीप यादव ले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएकाले आगामी एक वर्षभित्र देशभरका ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको बताएका छन्।

काठमाडौंमा यूएचएस होल्डिङ्स को सहभागितामा आयोजित आइओन एक्सचेन्ज जेरो बी–उत्पादन लन्च समारोह मा सम्बोधन गर्दै मन्त्री यादवले हाल २७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराइएको जानकारी दिए। उनले अगामी एक वर्षभित्र यो संख्या ५७ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताए।

“हामी सबैलाई थाहा छ कि शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता हो। यसको अभावले सार्वजनिक स्वास्थ्य मात्र होइन, समग्र विकासमा समेत गम्भीर असर पुर्‍याउँछ,” मन्त्री यादवले भने।

खानेपानी सेवाको वर्तमान अवस्था

मन्त्री यादवका अनुसार,

• ग्रामीण क्षेत्रमा ९५ प्रतिशत र शहरी क्षेत्रमा ९८ प्रतिशत जनसङ्ख्या ले आधारभूत खानेपानी सेवाको पहुँच पाइसकेको छ।

• नेपाल सरकारले २०३० भित्र ‘सुरक्षित तथा स्वच्छ खानेपानी पहुँच’ हासिल गर्ने लक्ष्य लिएको छ, जुन संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (SDG) अन्तर्गत पर्छ।

खानेपानी आपूर्तिमा देखिएका चुनौतीहरू

मन्त्री यादवले नेपालमा खानेपानीको पहुँच सुधार गर्ने क्रममा विभिन्न चुनौतीहरू रहेको बताए।

• गैर-व्यवस्थित ढल निकास, जलस्रोत प्रदूषण, औद्योगिक फोहोर, र दूषित पानीका कारण टाइफाइड, डाइरिया, हेपाटाइटिस, हैजा जस्ता रोगहरू महामारीका रूपमा फैलिने गरेको छ।

• युनिसेफको तथ्याङ्क अनुसार, नेपालमा हरेक वर्ष ५ वर्ष मुनिका करिब ३,५०० बालबालिकाको मृत्यु पानीजन्य रोगका कारण हुने गरेको छ।

सरकारको प्रतिबद्धता र सहकार्यको आवश्यकता

मन्त्री यादवले भने, “नेपाल सरकारले सुरक्षित र शुद्ध खानेपानी सुनिश्चित गर्न नीति तथा पूर्वाधार विकासमा निरन्तर काम गरिरहेको छ। यस अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य छ।”

उनले ‘जेरो बी’ ब्रान्ड ले नेपालमा शुद्ध पानीको पहुँच सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यूएचएस होल्डिङ्सलाई प्रविधि भित्र्याएकोमा बधाई दिए। साथै, नेपाल सरकार यस्ता नवीनतम समाधानहरूलाई प्रवर्द्धन गर्न पूर्ण प्रतिबद्ध रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर