नर्दन क्यालिफोर्निया, अमेरिका – नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाले पहिलो पटक आफ्नै सामुदायिक भवनमा भव्य ‘नेपाली नयाँ वर्ष २०८२ मेला’ आयोजना गर्न लागेको छ। अप्रिल १३, २०२५ (आइतबार) का दिन हुने यो मेलाले नेपाली संस्कृति, भेषभूषा, खाना, संगीत, कला, तथा नेपाली व्यवसायहरूको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
मेलाका लागि खाना स्टल, व्यापारिक स्टल, सांस्कृतिक प्रस्तुति, तथा कार्यक्रम स्थल सजावट सेवा प्रदायकहरूबाट आवेदन आह्वान गरिएको छ। आयोजकका अनुसार स्थान सीमित भएकाले मार्च ३१, २०२५, बेलुका ५ बजेभित्र आवेदन दिनुपर्ने छ।
मेलामा समावेश गरिने प्रमुख विधाहरू:
✔ खाना स्टल (Food Vendors): नेपाली मौलिक खानाका परिकार राख्न इच्छुक व्यवसायीहरूका लागि आवेदन खुला।
✔ सांस्कृतिक प्रस्तुति (Artists & Performers): गायन, नृत्य, वाद्यवादन, तथा अन्य सांगीतिक प्रस्तुति दिन चाहने कलाकार तथा संस्थाहरूका लागि अवसर।
✔ व्यापारिक स्टल (Business & Product Vendors): नेपाली पोशाक, हस्तकला, जुत्ता, गहना लगायत उत्पादन बिक्री गर्न चाहने व्यवसायीहरूका लागि।
✔ कार्यक्रमस्थल तथा मञ्च सजावट (Event Decoration & Setup): मेला तथा मञ्च सजावट गर्न इच्छुक व्यक्ति वा व्यवसायीहरूका लागि आवेदन खुला।
आवेदनका लागि आवश्यक जानकारी:
📌 आवेदन मिति: मार्च ३१, २०२५, बेलुका ५ बजेसम्म
📌 फोन: (510) 520-8484
📌 इमेल: [email protected]
📌 आवेदन फारम: यहाँ क्लिक गर्नुहोस्
विशेष शर्तहरू:
🔹 स्थान सीमित भएकाले पहिला आवेदन दिनेहरूलाई प्राथमिकता दिइनेछ।
🔹 नेपाली मौलिकता झल्किने सेवा वा उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ।
🔹 सांस्कृतिक प्रस्तुति तथा स्टल स्थानबारे छनोट भएका आवेदकहरूसँग परामर्श गरिनेछ।
यस मेलाले नेपाली समुदायलाई एकत्रित गर्दै नेपाली पहिचानलाई प्रवर्द्धन गर्ने विश्वास आयोजकले लिएको छ। इच्छुक व्यवसायी तथा कलाकारहरूले आवेदन दिन आग्रह गरिएको छ।